१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

मोटरसाइकल चोर्ने गिराेह पक्राउ

कोहलपुर–कोहलपुर क्षेत्रमा रातिको समयमा मोटरसाइकल चोर्ने गिरोहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुरले सार्वजनिक गरेको छ । प्रहरीले पाँच वटा मोटरसाइकलसहित चार जना चोरलाई सार्वजनिक गरेको हो ।

कोहलपुर बजारलगायत आसपासमा घरहरुबाट राति समयमा मोटरसाइकल चोर्ने एक मुख्य नायके, एकजना बिक्री गर्ने र दुई सहयोगीलाई सार्वजनिक गरेको हो । मोटरसाइकल चोरीमा संग्लन मुख्य नायके जाजरकोट झाप्रा ९ घर भई कोहलपुर ११ बस्ने कैलाश पुन, चोरीका मोटरसाइकल बिक्री गर्ने नेपालगन्ज १२ का जीवनसिंह रावल र मोटरसाइकल चोरीमा सहयोगी काम गर्ने कोहलपुर ३ का मिलन आचार्य र नेपालगन्ज १२ का प्रदिप बर्मालाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुले एक महिनाको अवधिमा कोहलपुरबाट चोरी गरका पाँच वटा पल्सर मोटरसाइकल समेत सार्वजनिक गरेको छ । चोरिएका मोटरसाइकल धनी पहिचान भैइसकेकोले उनीहरुलाई हस्तान्तरण गरिने इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी टिकाबहादुर केसीले बताए । असार महिनाको अवधिमा कोहलपुर क्षेत्रबाट मोटरसाईकल चोरी गर्ने र बिक्री गर्नेलाई पक्राउ गरिएको उनले बताए । प्रहरीले कोहलपुर क्षेत्रमा असारदेखि चोरीका मोटरसाइकल नियन्त्रण कार्य तीव्र बनाएको प्रहरीले जानकारी दियो ।

प्रकाशित: १० श्रावण २०७२ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App