पक्राउ पर्नेमा धरमपुर–४ निवासी २३ वर्षीया वुनु भनिने सुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई प्रहरीको विशेष टोलीले इटहरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए।
गत माघ १८ गते आफ्नै साथी बज्रङ्ग पन्सासीसहित ६ जना मिलेर उनलाई अपहरण गरी मोटो रकम फिरौती मागेका थिए। अपहरणमा परेका व्यापारी विन्दललाई प्रहरीले पाँच दिनपछि झापाको धरमपुरबाट सकुशल उद्धार गरेको थियो।
यसअघि प्रहरीले अपहरणमा संलग्न पाँचजनालाई गत माघ २३ गते पक्राउ गरेको थियो । रासस
प्रकाशित: १० श्रावण २०७२ ०४:१५ आइतबार





