१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

हत्याका फरार एक वर्षपछि पक्राउ

लहान–सिरहाको विष्णुपुरकट्टी–७ स्थित सर्रे खोलामा सप्तरी परसवनी–३ का मुसुकलाल सरदार(३८)लाई हत्या गरी फरार अभियुक्तलाई डेढ वर्षपछि लहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने सोही वडाका बच्चालाल सरदार(३५) रहेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपि उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।

सर्रे खोलामा मजदुरी गरिरहेको बेला झगडा परेर बच्चालाल सहितका ब्यक्तिले मुसुकलालको घाँटि बटारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट तयार पारिएको मिसिलमा उल्लेख छ ।पक्राउ परेका बच्चालालसंग आवश्यक अनुसन्धान भैरहेको डिएसपि चतुर्वेदीले बताए ।

प्रकाशित: १० श्रावण २०७२ ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App