१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

ठमेलमा पेस्तोल देखाउने दुई पक्राउ

काठमाडौँ- ठमेलमा पेस्तोल देखाई तर्साउन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ठमेलको ल्हासा बार अगाडि मादक पदार्थ सेवन गरी पेस्तोल देखाउँदै आतंकित गरिरहेका २ जनालाई प्रहरीले मेडइन युएसए लेखेको सेमी अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको हो।


पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–२९ सरकारीधारा बस्ने साङलाखोला–९ का ३० बर्षीय सफल कुँवर र काठमाडौं सामाखुसी टाउनप्लानिङ्ग बस्ने कास्की पोखरा उपमहानगरपालिका–५ दाङ्गसिङका १८ बर्षीय रिदम भट्टचन रहेका छन्।

प्रकाशित: ८ श्रावण २०७२ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App