झडपको क्रममा दुवैपक्षबाट ढुंगामुढा हुँदा एकपक्षले चलाएको ढुंगाले सुखलको टाउकोमा गम्भिर चोट लागेर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका सुखलको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा राति ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ। घटनापछि मुख्तार फरार भएका छन घटनामा मुख्तारकी श्रीमती ३२ सजना नेसा, १३ बर्षीय छोरा जमाल मन्सुरी, १० बर्षीय कमाल मन्सुरीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तुलाल जयसवारले बताएका छन।
प्रहरीको नियन्त्रणमा रहेका तीनै जना समेत झडपमा ढुगा लागेर घाइते भएकाले उनीहरुको अनामिका हेल्थ क्लिनिक गरुडामा प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरी निरीक्षक जैसवारले बताए। मृतकको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको र घटनाको विषयमा अनुसनधान भइरहेको तथा फरार रहेका मुख्य अभियुक्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ श्रावण २०७२ २३:३० शुक्रबार





