७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

लागुऔषध खान पैसा खोस्नेक्रममा हत्या

धरान–बिहीबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएका २३ वर्षीय भिषु मगरको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान १९ का १८ वर्षीय प्रसिद्ध लिम्बू, धरान ८ का १८ वर्षीय विनोद तामाङ, धरान ८ का सुजन तामाङ र धरान १९ का १८ वर्षीय श्रीहाङ्ग लिम्बू रहेका छन्।


घटना भएको २४ घण्टाभित्रै अभियुक्तहरुलाई लुकेर बसेको धरानभित्रकै विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनामा एक दर्जन युवाहरु संलग्न रहेको र अन्य फरारको पनि खोजी तीब्र पारिएको डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए। 'घटनामा संलग्न अरुको पनि नाम खुलिसकेको छ, उनीहरुलाई पनि खोजी तिब्र पारिरहेका छौं,'पत्रकार सम्मेलन गर्दै डिएसपी सिजापतिले भने।
IMG 3657

हत्यामा संलग्न युवालाई पक्राउ गरेर सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय धरान ।
प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ताहरुको दुई समुहबीच पैसा खोसाखोस गर्नेक्रममा झगडाले उग्ररुप लिदा भिषुको हत्या हुनपुगेको हो। एउटा समुहसँग लागुऔषध सेवन गर्न पैसा नहुदा अर्को समुहबाट पैसा खोस्ने र सेवन गर्ने गरिरहेको प्रहरीको भनाइ छ। घटनाको समयमा पनि अभियुक्तहरुको समुहसँग पैसा नभएपछि भिषुसँग भएको पैसा खोस्ने क्रममा लखेटेको र उनको हत्या गरेको डिएसपी सिजापतिले बताए। 'लागुऔषधकर्ताको दुई ग्रुपबीच पैसा लुटेर खाने नियतले झगडा भएको र कर्तव्य गरेको खुलेको छ। पहिला पनि यसरी नै पैसा लुटेर लगेकोले दुई समुहबीच पुरानो रिसइबी पनि थिएछ,' डिएसपी सिजापतिले भने।

पक्राउ परेको अभियुक्तहरुलाई सार्वजनिक गर्दै प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी, लाठी पनि सार्वजनिक गरेको थियो। राति हत्या हुनुअघि बिहीबार बिहान ११ बजेदेखि २ बजेको बीचमा पनि दुवै युवा समुहबीच पैसाको बिषयमा झगडा भएको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा घटना साम्य भइसकेकोले त्यति बेला कोही पनि पक्राउ भने परेनन्। त्यही घटना बढेर राति पुनः दुवै समुहबीच झगडा भएर भिषुलाई हत्या गरिएको थियो। उनको जुनियर पायनियर स्कुल नजिकै हत्या भएको थियो। पक्राउ परेका चार जना यसअघि पनि सार्वजनिक अपराधको मुद्दामा कारबाही भोगिसकेको प्रहरी निरीक्षक मिलन भटराईले बताए।

प्रकाशित: १ श्रावण २०७२ २२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App