सामाखुसी स्थित राजन खड्काले सञ्चालन गरेको रोयल रेष्टुरेन्टको माथिल्लो तल्लाबाट श्रेष्ठले यार्सागुम्बा ल्याएर बिक्री गर्दै आएका थिए। बिहीबार प्रहरी हौं भन्दै ५–६ जनाको संख्यामा अपरिचितहरु आए। उनीहरुले प्रहरीको परिचयपत्र नदेखाइ झोलाको यार्सागुम्बा आफ्नो कब्जामा लिए। यार्शा भएको झोला आफ्नो नियन्त्रणमा लिएपछि उनीहरु भागेका थिए।
लुटेराहरु मध्ये १ जना बा.३२ प ४५९१ नम्वरको मोटरसाइकलमा गएको प्रत्यक्षदर्शीले बताएका छन्। सो जानकारी प्रहरीलाई दिएपछि प्रहरी प्रभाग गंगबुबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले शंकास्पद गोरखा घ्यालचोक–४ घर भइ थानकोट डेरा गरी बस्ने ३३ बर्षीय धनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।
अरु कसैलाई पनि प्रहरीले पक्रन सकेको छैन।
प्रकाशित: १ श्रावण २०७२ ०१:५८ शुक्रबार





