३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

हतियारधारी समुहले गाउँ नै लुट्याे

जुम्ला–अज्ञात हतियारधारी समुहले गुठिचौर गाविस–१ चोत्रगाँउ नै लुटेका छन् । रातको समयमा हतियार धारी समुुहले स्थानीयलाई धम्की दिंदै गाँउ नै लुटेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।लुटेरा समुहले गाउ लुट्न नदिए सवैलाई गोली हानेर मार्ने धम्की दिएपछि स्थानीयले प्रतिकार गर्न नसकेको प्रहरी नायव उपरिक्षक वलाराम राईले जनाए । पाटनमा ज्यान फालेर संकलन गरेका यार्सागुम्बा वषौँ लगाएर जोडेको, सुन, चाँदी, र नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

हतियार धारी समुह बहुमुल्य गरगहना र महंगा जडिवुटी लुटे लगत्तै भागेको थियो । घरमा भएको धन सम्पति लुटिँदा आगामी दिनमा पनि गाँउमा लुटेराको डर भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन । जिल्ला प्रहरी कार्यालयले घटनाको यथार्थ विवरण आइनसकेको भन्दै हतियारधारी समुहको खोजी कार्य भइरहेको जनाएको छ । प्रहरी निरीक्षक इन्द्रबहादुर साउथको नेतृत्वमा १५ जना प्रहरी खटाइएको भएपनि लुटेराको पत्ता नलागेको प्रहरीले जनाएको छ।

जिल्लामा पटक पटक चोरीका घटना बढ्नु तथा जनतामाझ आतंक फैलाउने काम भैरहदा जिल्ला भर त्रास फैलिएको छ । सुरक्षा व्यवस्था कडा पार्न र लुटेराको खोजी तत्काल अघि बढाएर पत्ता लगाउन स्थानीयले माग गरेका छन। गाउँ पुुरै लुटिंदा करोडांैको क्षति पुुगेको अनुमान गरिएको छ । सदरमुकाम खलंगादेखि झण्डै एक दिनको पैदल दुरीमा पर्ने जुम्ला डोल्पा सिमानामा रहेको चोत्रा गाउँ लुटिएको हो । यो समयमा यार्सा संकलन गरेर आउने रुट भएकोले हरेक वर्ष प्राय चोरीका घटना त्यो क्षेत्रमा वढेका हुन्छन । घटनाको विस्तृत विवरण आउनै वाँकी छ । सो गाउँमा रहेका ४५ घर लुटिएका हुन ।

प्रकाशित: २९ असार २०७२ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App