२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

जितुले कपिलको नक्कल गर्ने

भारतको चर्चित टीभी शो 'कमेडी नाइट्स विद कपिल' बाट प्रभावित भएर नेपालमा पनि यस्तै एक शो सुरु हुने भएको छ। हास्यकलाकार जितु नेपालले 'कमेडी क्लब विद जितु नेपाल' शो चलाउने भएका हुन्।हाउस फर सी नेटवर्कले जितुलाई नेपाली 'कपिल शर्मा' बनाएर प्रस्तुत गराउन लागेको बुझिएको छ। पहिलो चरण स्टेज प्रहसनमार्फत देशभर कार्यक्रम सुरु गर्ने तयारी भइरहेको यो कार्यक्रमका लागि निर्माण युनिट अहिले स्टेज तयार पार्दै छ। साउन तेस्रो हप्ताबाट सुरु गर्न लागिएको यो शो एक घण्टा लामो हुने बताइएको छ। शो पहिलो सिजनमा सय भागसम्म चल्नेछ। कार्यक्रममा जितुले कमेडी प्रस्तुत गर्नेछन्। उनले कपिलकै नक्कल गर्छन् वा आफूलाई नया ढंगले प्रस्तुत गर्छन्? हेर्दै जाऔँ।

प्रकाशित: २६ असार २०७२ २२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App