नेपाल एयरलाइन्सको फ्लाइटबाट हङकङ जान लागेका बेला असहज व्यवहार देखाएपछि प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गर्दा चरेसको क्याप्सुल निलेको खुलेको लागू अषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी केशरीराज घिमिरेले बताए। गुरुङले प्रहरी बयानमा ६० वटा क्याप्सुल निलेको बताएका थिए। डिआइजी घिमिरेले चिकित्सकीय प्रणालीबाट ३५ क्याप्सुल मात्र निकाल्न सम्भव भएको नागरिकन्युजलाई बताए।
पक्राउपछि गुरुङको बोहोराटार स्थित निवासमा प्रहरीले छापामारेको छ। त्यहाँबाट प्रहरीले थप २८ थान चरेस क्याप्सुल बरामद गरेको जनाएको छ।
प्रकाशित: २६ असार २०७२ ०५:२९ शनिबार





