चारदिन अगाडि जन्मेको छोरोलाई झोलामा हाली काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाटस्थित बागमती नदीमा फालेर भाग्न लागेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालले तामाङलाई पक्राउ गरेको हो ।
उनले फालेको झोला खोली हेर्दा बालक जिवितै रहेकोले प्रहरीले आमाछोरालाई उपचारको लागि प्रशुति गृह थापाथली लगेपछि उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएकाे छ । तामाङकाे विवाह भए नभएकाे विषयमा अनुन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित: २४ असार २०७२ ०७:०५ बिहीबार





