९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

२६ लाख बराबरको धनमाल र मुर्ति चाेर्ने पटके चाेर पक्राउ

काठमाडौं– नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले मुर्ति चोरीमा संलग्न पटके चोरलाई पक्राउ गरेको जनाएको छ।


कठमाडौं उपत्यका र बाहिरका जिल्लाहरुमासमेत पुरातात्विक महत्वका मुर्ति चोरीमा संलग्न दोलखाको जुगु गाविस–१ का टिकाबहादुर केसी(खत्री)लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अभियुक्त केसीलाई चोरी गरेको ४० इनचको सामसुङ टेलिभिजनसहित काठमाडौं गौरीघाटबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको जनाएको छ।

स्वयम्भूस्थित लेडनाल रुइटको घरको ढोका फोरी १ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेको, गोकर्णेश्व नगरपालिका १३ की फू डोमा शेर्पाको घरबाट ४ लाख ३ हजार बराबरको धनमाल चोरेको, गोकर्णेश्वर १४ माकलबासीकी कमरा भट्टराईको घरबाट ११ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल चोरेको, गोकर्णेश्वर १३ स्थित नयाँबस्तीका राजन योञ्जनको धरबाछ २ लाख ५५ हजार रुपैयाँ बराबरको धनमान र नगद चोरेको, गोकर्णेश्वर १३ का कर्मा लामाको घरबाट १ लाख ३५ हजार बराबरको धनमाल चोरेको,नागार्जुनस्थित रितु केसीको घरबाट ५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरेको आरोप छ।

त्यस्तै, अभियुक्त केसीले दोलखाको जिरी ८ स्थित छोइली गुम्बावाट प्राचीन बुद्धको मुर्तीलगायतका विभिन्न सुन चाँदीका गरगहना समेत चोरी गरी लगेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०७२ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App