महाशाखाका डिएसपी रमेश थापाकाे कमान्डमा गएकाे टाेलीले तामाङलाई नियन्त्रणमा लिइ गाडीमा राखेर कार्यालय लैजाने प्रयास गर्दा उनी र उनको साथमा रहेका केही युवाले प्रहरी माथि हातपात र लछार पछार गरेका थिए। धकेला धकेलको क्रममा प्रहरीको नियन्त्रणबाट फुत्केर तामाङ भागेपछि प्रहरीले तीन राउन्ड गोली हानेर उनलाई नियन्त्रणमा लिनु परेको थियो। महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार घुँडा मुनी गोली लागेका तामाङको वीर अस्पतालमा उपचार भैरहेके छ। उनलाई भगाउन खोज्ने उमेश श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ।
भूकम्पले जिल्ला कारागार ध्वस्त भएपछि त्यहाँबाट भागेका २ सय १६ कैदी बन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्था विभागले सूचना जारी गरे पनि सम्पर्कमा नआएपछि प्रहरी उनिहरुको खोजिमा खटियो थियो। काभ्रेका तामाङ लागुऔषध अभियोगमा १० बर्ष कैद सजाय पाएका व्यक्ति हुन्। तामाङ उपत्यकामा संगठित अपराधमा सक्रिय रहेकाे खुलेकाे एसएसपी खनालले जानकारी दिए । 'उ यसभन्दा अगाडि अपहरण र धम्क्याएर रकम असुल्ने घटनामा संलग्न देखिकाे छ, खनालले भने, ' उसकाे अापराधिक पृष्ठभूमि खुलेकाले थप अनुसन्धान गरिरहेका छाैं ।' महाशाखाका अनुसार उनीसँगै पक्राउ परेका श्रेष्ठ २०५४ मा कर्तव्य ज्यानमा पक्राउ परेकाे खुलेकाे छ । उनी पछिल्लाे समय ऋणकाे अावरणामा चर्काे व्याज असुल्न सक्रिय रहेकाे सूचना महाशाखाले पाएकाे छ ।
प्रकाशित: १८ असार २०७२ २२:१५ शुक्रबार





