सशस्त्र प्रहरीको गुल्म नजिककै एकसाले भन्ने ठाँउमा प्रहरी र युवाबीच विवाद हुँदा सशस्त्रले निर्ममतापूर्वक कुपपिट गरेको आरोप लागेको हो। कुटाइबाट घाइते भएका फिदिम–२ पल्लोटारका निरज लावती, शम्भु लावती र किशोर आङदेम्बे घाइते छन्। निरज र किसोरको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने सम्भुको हात भाजिएकाले सुविधासम्पन्न अस्पतालमा रिर्फर गरिएको छ।
शसस्त्र प्रहरीका जवान ध्रुव प्याकुरेल र यामबहादुर श्रेष्ठ समेत घाइते भएका छन्। प्याकुरेलको आँखा चोट लागेकाले विर्तामोड रिर्फर गरीएको छ। साँझको समयमा युवाहरुसँग प्याकुरेलको विवाद हुँदा थप बल बोलाएर निर्घात कुटपिट गरिएको घाइतेका आफन्तले बताएका छन्। नियन्त्रणमा लिएर कुटपिट गरेकोे आरोप उनीहरुको छ।
सशस्त्र प्रहरी इस्क्पेक्टर वेदविक्रम थापाले मादक पदार्थ सेवन गरेका युवाले प्रहरी जवानमाथि आक्रमण गरेकाले बल प्रयोग गरेको दाबी गरे। घटनापछि घाइते युवाहरुलाई उपचारका लागि शसस्त्र प्रहरी आफैले अस्पताल ल्याएको थियो। घाइते हेर्न अस्पताल परसिरमा भिड लागेको छ। घाइतेहरु उठ्न सक्ने अवस्थामा छैनन्।
स्थानीय शसस्त्र प्रहरीसँग आक्रोसित बनेका छन्।
घटनाको प्रकृति हेर्दा दुवै पक्षको गल्ति देखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इक्पेक्टर रविराज थपलियाले नागरिकन्युजलाई बताए। मादकपदार्थ सेवन गरेर जवानमाथि आक्रमण गर्न खोज्दा घटना भएको उनले बताए। दुवै पक्षबीच सहमतिको वातावरण नबने कानुनी प्रक्रिया अघि बढाउने उनले दाबी गरे।
प्रकाशित: १७ असार २०७२ ०४:४० बिहीबार





