१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं– अमेरिका पठाइ दिने वहानामा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अमेरिका पठाउँछु भन्दै सेन्ट लुसिया पठाउने चितवन भरपुरका कन्सल्ट्यान्सी संचालक सुजन न्यौपानेलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।उनले १५ जना विद्यार्थीलाई सेन्ट लुसियाको ल्यामबर्ग एकेडेमीमा पठाइ त्यँहाबाट एकवर्षभित्र अमेरिका पठाइदिने भन्दै १२ लाखका दरले रकम लिएका थिए। विद्यार्थी त्यहाँ पुगेपछि अलपत्र परेको र सो कलेजका अधिकारलाई मानव बेचबिखन मुद्दा परेपछि कलेज बन्द भएको पाइएको थियो। पछि १४ जना विद्यार्थी नेपाल फर्केका थिए। पीडित विद्यार्थीको उजुरीको आधारमा न्यौपानेलाई केशरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ असार २०७२ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App