२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

गैंडा मुद्दामा १६ वर्षदेखि फरार पदम गिरफ्तार

चितवन–गैंडा मारेर खाग बिक्री गरेको अपराधमा सात वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोके पनि फरार रहँदै आएका पदमबहादुर भोलन सोमबार राति मकवानपुरमा पक्राउ परेका छन्।स्थायी ठेगना मकवानपुर सुकौरा गाविस– ७ भए पनि चितवन पदमपुर गाविस वडा नंं १ बस्ने ५६ वर्षीय पदमलाई चितवन राष्ट्रिय निकुञ्जले १६ वर्षअघि सजाय सुनाएकोे थियो। 'भोलनलाई सोमबार राति ९ बजे श्री जंग गण कसराका सह सेनानी संजय कार्की, चितवन राष्ट्रिय निकुञ्जका रेन्जर लक्ष्मण राय र प्रहरी चौकी चौघडा, मकवानपुरका प्रहरी सहायक निरीक्षक विरेन्द्र कुमार खड्का समेतको संयुक्त टोलीले उनको सुकौरा स्थित घरबाट पक्राउ गरेको,' मकपानपुर प्रहरीले मंगलबार निकालेको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १५ असार २०७२ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App