५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

सुनचाँदी चोर्ने गिरोह पक्राउ

लहान— चोरीमा संलग्न पाँच जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । लहान क्षेत्र लगायतका स्थानमा भएका चोरीका घटनामा संलग्न लहान ५ सन्तोष पासवान(१८), महेश पासवान(२४), संजय पासवान(२६) जोगी पासवान(२४) र अहमद मियाँ(५०) लाई पक्राउ गरिएको लहान प्रहरी प्रमुख डिएसपी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए।

 

पक्राउ परेका पाँचैजनाले प्रहरीसंगको बयानमा वैशाख ७ गत्ते लहान –४ स्थित रामसुन्दर राउतको घरमा नगद र सुनचाँदी चोरीको घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको डिएसपि चतुर्वेदीले बताए। उनीहरुबाट यस क्षेत्रमा भएका पुराना चोरीका घटनामा संलग्नताबारे थप सनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका महेश पासवान केही महिना अगाडि मात्र जेल मुक्त भएका हुन्। उनी हातहतियार तथा खरखजाना मुद्धामा तीन वर्ष जेल सजाय भुतmान गरी छुटेका थिए।

पक्राउ परेका सन्तोष पासवान लागुऔषध मुद्धाका पटके हुन्। उनी पटक पटक लागुऔषध मुद्धामा पक्राउ पर्दै छुट्दै आएको प्रहरीको तथ्याङ्क छ। पक्राउ परेका पाँचै जनाको प्रहरी रेकर्डमा नाम छ। यस अगाडि पनि उनीहरु पक्राउ परिसकेका छन्।

प्रकाशित: १३ असार २०७२ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App