नेपाली चलचित्र बक्स अफिस कलेक्सनको आजसम्मको विवरण सार्वजनिक भएको छ। डिसेम्बर ५ मा प्रदर्शनमा आएको भारतीय चलचित्र 'धुरन्धर'ले सिनेमाघरहरूमा ४५ दिन पूरा गरेको छ। चलचित्रले भारतलगायत नेपालमा पनि राम्रो कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार नेपालमा चलचित्रले तीन लाख १५ हजार तीन ७१ वटा टिकेट बिक्री गरेको छ भने १० करोड ३७ लाख ४६ हजार पाँच सय पाँच रुपैयाँको व्यापार भएको छ।
यस्तै, दक्षिण भारतीय चलचित्र ‘राजासाब’ हाल प्रदर्शनरत छ। जनवरी ९ देखि प्रदर्शनमा आएको चलचित्रले अभिनेता प्रभासको अन्य चलचित्रको तुलनामा राम्रो व्यापार गर्न सकेको छैन। 'राजासाब'ले प्रदर्शनको १० दिनमा एक करोड ६२ लाख ६४ हजार रुपैयाँको व्यापार गरेको छ भने ५० हजार चार सय २४ वटा टिकेट बिक्री भएको छ।
प्रकाशित: ५ माघ २०८२ १४:२५ सोमबार





