४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

सामुहिक बलात्कार गर्ने दुई पक्राउ

रौतहट–रौतहटमा एक महिला सामुहिक बलात्कारको शिकार बनेकी छिन्। विर्ती प्रस्टोका गाविस बडेरवा टोलकी ३० वर्षीया महिला घरबाट शौच गर्न बाहिर निस्किएको बेला दुई जना युवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।मंगलबार राति ९ बजेको समयमा घर बाहिर शौच गर्न निस्किएको अवस्थमा दुई जना युवकले महिलाको मुख थुनेर नजिकै रहेको उखु घारीमा लगेर सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।कटहरिया गाविस– ५ का २५ वर्षीय अजय साह र वडा नम्वर ८ का ३० वर्षीय भुइल साहले महिलालाई महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित महिलालाई तत्कालै जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गराइसकेको जानकारी दिदै प्रहरी उपरिक्षक सानुबाबु थपलियाले नियन्त्रणमा रहेका भुइल र अजयसंग आवश्यक अनुसन्धान गर्दा उनीहरुले सामुहिक बलात्कार गरेको स्वीकार गरे बताए।

बलात्कारीका अभियुक्तद्वयलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गराई जबरजस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरिक्षक थपलियाले बताए। पीडित महिलाका श्रीमान चार वर्षदेखि बैदेशिक रोजगारको शिलशिलामा खाडी मुलुकमा रहेका छन।

प्रकाशित: १० असार २०७२ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App