११ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

मिस्टर नेपाल असोजमा

काठमाडौं- भूकम्पका कारण स्थगित पन्ध्रौं मिस्टर नेपाल राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता असोज पहिलो साता हुने भएको छ। प्रतियोगिता पूर्वनिर्धारित स्थान विराटनगरमै असोज १ र २ मा हुने नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले जनाएको छ छ। भूकम्पअघि प्रतियोगिता जेठ २२ र २३ मा हुने भनिएको थियो।करिब ३० जिल्लाका ७० खेलाडीको सहभागिता रहने संघको अनुमान छ। ५५, ६०, ६५, ७०, ७५, ८० केजी र ८० केजीमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। अघिल्लो संस्करण २०७० को फागुनमा नेपालगन्जमा भएको थियो।

प्रकाशित: ९ असार २०७२ २१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App