प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले दुवै जनालाई मंगलबार काठमाडौंको नयाँ नैकापबाट पक्राउ गरि काठमाडौं जिल्ला अदालतमा बुझाएको छ । ब्युरोका अनुसार तुलसी र हरी दुवै जना सहकारीका सञ्चालक हुन् । उनीहरूले १ हजार १ सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाइ बचत गर्न लगाएको रकममध्ये ३ करोड ६२ लाख हिनामिना गरेको अभियोग थियो। दुवैलाई अदालतले केन्द्रीय कारागार पठाउने आदेश दिएको ब्युरोले जनाएको छ ।
प्रकाशित: ९ असार २०७२ ०८:१५ बुधबार





