५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

३ करोड ६२ लाख हिनामिना गर्ने सहकारी सञ्चालक जेल चलान

काठमाडौं– ठगी मुद्धामा तीन वर्ष कैद सजाय सुनाइएका तुलसीकुमारी बस्नेत र हरी बस्नेत पक्राउ परेका छन्। पालुङ बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले उनीहरूविरुद्ध ३ वर्ष कैद र ३२ लाख ९३ हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि पक्राउ परेका थिएनन्।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले दुवै जनालाई मंगलबार काठमाडौंको नयाँ नैकापबाट पक्राउ गरि काठमाडौं जिल्ला अदालतमा बुझाएको छ । ब्युरोका अनुसार तुलसी र हरी दुवै जना सहकारीका सञ्चालक हुन् । उनीहरूले १ हजार १ सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाइ बचत गर्न लगाएको रकममध्ये ३ करोड ६२ लाख हिनामिना गरेको अभियोग थियो। दुवैलाई अदालतले केन्द्रीय कारागार पठाउने आदेश दिएको ब्युरोले जनाएको छ ।

प्रकाशित: ९ असार २०७२ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App