पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–९ बस्ने ३० वर्षीय मुकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जेठ ३२ गते राति महोत्तरीको गौशाला–४ बस्ने वीरेन्द्र महतोकी छोरी १८ वर्षीया सीमासँग बहुविवाह गरी उनकै घरमा बसिरहेको मुकेश र सीमालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
विसं २०६९ मा विवाह बन्धनमा बाँधिएकी मुकेशकी जेठी पत्नी सञ्जु देवीले बुधबार पति मुकेशविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाह मुद्दा दायर गरेपछि जिप्रकाबाट खटिगएको टोलीले मुकेश र सीमालाई नयाँ ससुराली घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।
उनीहरुमाथि बहुविवाह मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित: ३ असार २०७२ ००:२४ बिहीबार





