५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

३७ वटा ल्यापटप चोर्ने तेजबहादुर मगर पक्राउ

काठमाडौं- ३७ थान ल्यापट चोरी गर्ने कुमार थापा भनिने तेजबहादुर मगरलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ। काठमाडौंको टोखामा अमेरिकन नागरिक मिचेल जे हेसले सञ्चालन गर्दै आएको चेल्सी एजुकेशन सेन्टरबाट मगरले जेठ २८ गते १६ लाख मूल्य बराबरका ३७ थान ल्यापटप र चार्जर चोरी गरेका थिए।चोरीका ल्यापटपहरु मगरले कोटेश्वरस्थित राहुल गुप्ताको डेरामा लुकाएर राखेको अवस्थामा फेला परेको थियो।  प्रहरीले नुवकोट, कल्याणपुर–५ निवासी मगरलाई पक्राउ गरेर सोधपुछ गर्दा गुप्ताको डेरामा ल्यापट लुकाएर राखेको बयन दिएका थिए। उनको बयानका आधारमा गुप्ताको डेरामा छापा मार्दा सामान भेटिएको थियो।

महाशाखाका अनुसार रवि शाहसँग मिलेर मगरले ल्याटप चोरी गरेका थिए। मोरङ–१० मधुमारा निवासी २२ वर्षे शाहले ल्यापटप बिक्री गर्ने जिम्मा लिएका थिए।

फरार शाहको खोजीकार्य भइरहेको महाशाखाले जनाएको छ। अभियुक्त मगरलाई कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रकाशित: १ असार २०७२ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App