स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक पोखरेलका अनुसार चौधरीले बलात्कारको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको हो।
चौधरी घरमा पैसा पठाउँछु भन्दै चौकीबाट बाहिरिएका थिए। त्यसपछि गाउँमा मदिरा सेवन गरी अन्य दुई महिलामाथि हातपात गरेको स्थानीयले बताए।
गाउँभर वितन्डा मच्चाउँदै हिँडेको भन्दै स्थानीयले कारबाहीको माग गर्दै अमरपुर बजारमा प्रदर्शनसमेत गरेका थिए। चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए। रासस
प्रकाशित: ३२ जेष्ठ २०७२ २३:५८ सोमबार





