४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

५४ लाख नक्कली भारु नोट प्रकरणका दोषी पक्राउ

काठमाडौं—नक्कली मुद्रा मुद्धाका फरार अभियुक्त बारा भवानीपुर–३ घर भएका ३३ बर्षीय ईल्ताफ हुसेन अन्सारीलाई केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरी टोलीले शनिबार ललितपुर सातदोवाटोबाट पक्राउ गरेको छ।

 प्रहरीले उनलाई जिल्ला अदालत ललितपुर पेश गरेको थियो। अदालत आदेशअनुसार अन्सारी नख्खु कारागार चलान भएका छन्।प्रहरीले उनलाई जिल्ला अदालत ललितपुर पेश गरेको थियो। अदालत आदेशअनुसार अन्सारी नख्खु कारागार चलान भएका छन्।अन्सारी समेत भएको नक्कली मुद्रा मुद्धामा ललितपुर जिल्ला अदालतको २०६७ जेठ २६ गते फैसलाले ३ बर्ष कैद र २ करोड ६१ लाख ९ हजार ६ सय रुपैयाँ जरिवाना हुने ठहर भएकोमा निज भागी फरार रहेका थिए।

२०६६ कात्तिक २० गते बेलुकी ललितपुर उपमहानगरपालिका–१० कुपण्डोल स्थित अमर श्रेष्ठको घरमा डेरा गरी बस्ने सेखसफि अहमद समेतले कोठामा भारतीय नक्कली नोटको कारोबार गरी अवैध नक्कली नोटहरु लुकाई राखेको अवस्थामा महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले १ हजार र ५ सय दरका भारतीय रुपैया ५४ लाख ३९ हजार ५ सय बरामद गरेको थियो।

प्रकाशित: ३२ जेष्ठ २०७२ ०१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App