ठिक भो, राम्रै भो। तर समस्या मलाई भो, समाचार सकिन नपाउँदै मेरो मोबाइलमा कलको वर्षा हुन थाल्यो।
मामाले फोन गर्नु भो, 'तुरुन्तै खोप लगाउनुपर्योो भान्जा। टिभीले भनेको, च्वाट्टै हुन्छ रे!'
काकाले भन्नु भो, 'तिमीले सुन्यौ बाबु, अमेरिकामा त औषधि पत्ता लाग्यो रे नि त! तुरुन्तै बुझ्नुपर्योि।'
माइला बाले भने, 'यो रोग त निको हुन्छ रे नि! हिजो टिभीमा देखाको रे!'
कान्छी आमाले पनि फोन गरिन्, 'खुसीको कुरा सुन्यौ बाबु? लौ है, चाँडै गर्नुपर्यो ।'
...
एक महिनाअघि, एउटा दुखद समाचारले हाम्रो खान्दानमै खलबली मचाएको थियो।

सबै जाँचपछि डाक्टरले मलाई एक्लै बोलाएर भने, 'तपाईंको भाइको बोनम्यारो नै ड्यामेज भएर ब्लड क्यान्सर भइसकेको छ। जसको संसारमा अहिलेसम्म उपचार नै सम्भव छैन।'
हाम्रो परिवारमा एक्कासि उथलपुथल आयो। सबै विक्षिप्त भयौं। सुरुमा त विश्वास गर्नै गाह्रो भो। हिजोसम्म राम्रोसँग हिँड्ने, काम गर्ने, हाँस्ने, खेल्ने गरेको भाइलाई कसरी एक्कासि यस्तो हुनसक्छ? अनि यो कल्कलाउँदो उमेरमा।
हामी दुई वर्षदेखि दाजुभाइ नै अमेरिकामा थियौं। म, डिभी परेर। भाइ, पहिलो वर्ष स्टुडेन्ट भिसामा। दोस्रो वर्ष लुकेर, गैरकानुनी रूपमा।
ऊ फर्कन मानेन। भन्यो, 'नेपाल फर्केर के गर्नु?'
गैरकानुनी रूपमा बस्नेको स्वास्थ्य बीमा हुने कुरा थिएन। यस्तो देशमा स्वास्थ्य बीमा नभएपछि एकै दिनको ज्वरोले पनि कंगाल बनाउँछ। त्यसमाथि यस्तो गम्भीर रोग। हस्पिटलले तीन महिनाको उपचार खर्च निकाल्यो— एक लाख, तीस हजार डलर। उपचार खर्च के भन्नु? निको नहुने रोगको तीन महिनाको रोकथाम खर्च।
अब हाम्रो कुनै उपाय भएन। दुइटा उपाय अगाडि थिए— अमेरिका मै बसाल्ने वा नेपाल फर्काउने।
...
बिहानै फोन गरेँ डाक्टर राजेन्द्रलाई, 'डाक्टर साब नमस्ते। टिभीमा दादुराको खोपले क्यान्सर निको भो भनेर समाचार आएको रैछ। घरबाट सोध्दै हुनुहुन्थ्यो। के साँचो हो ?' यी डाक्टरलाई अमेरिका होस् कि नेपाल जहाँ भए पनि 'साब' लगाइदिनैपर्ने। चिल्लो घस्नैपर्ने।
उनले भने, 'हाइ डोजमा लगाउँदा एउटालाई ठिक भयो रे। मैले पनि हिजो समाचारमा पढेको। तर, त्यो लिभर क्यान्सरको लागि देखिएको हो। ब्लड क्यान्सरलाई होइन। अहिले त्यो रिसर्च हुँदैछ।'
मैले नम्र भएर भनेँ, 'हाम्रो भाइमा पनि ट्राइ गर्न मिल्छ कि डाक्टर साब?'
उनले रिसाउँदै भने, 'चाहिने कुरा गर्नुस् न। प्रमाणित नै नभएको कुरा हामी कसरी गर्न सक्छौं? हामी त्यो रिस्की एक्सपेरिमेन्ट गर्न सक्दैनांै। यो अमेरिका हो, नेपाल होइन। यहाँ जथाभावी गर्न मिल्दैन।'
...
'भान्जा, म नारायणघाटमा छु। यहाँ मैले क्यान्सरकै डाक्टरलाई सोधेको, ठिक हुन्छ भने। तुरुन्तै ल्याउनुपर्योस।' मामाले फोन गर्नुभयो।
'मैले डाक्टरलाई सोधेँ, मामा। त्यो अर्कै रोगको लागि हो रे,' मैले बिस्तारै उत्तर फर्काएँ, साथीहरूलाई धेरै डिस्टर्ब नहोस् भन्ने हेतुले।
'कहाँ हुन्छ? त्यो डाक्टरलाई थाहै रैन्छ। अर्काेलाई तुरुन्तै देखाउनुपर्योि। मैले यहाँ सबैलाई सोधिसकेँ। च्वाट्टै हुन्छ रे!' मामा कड्किनु भो।
मामा अलि कडा स्वभावको हुनुहुन्छ। रिटायर्ड गोर्खा आर्मी। अरूको कुरा खासै सुन्नुहुन्न। बस, उहाँले भनेको हुनुपर्छ। अरू उहाँलाई चासो छैन।
'हस् मामा। म अहिले नै अर्काे डाक्टरसँग बुझेर तपाईंलाई खबर गर्छु,' मैले मामालाई शान्त पार्ने कोसिस गर्दै भनेँ।
...
'भान्जा, गाईको पिसाब ल्याएर खुवाइहाल्नुपर्योर। त्यसले तल्लाघरे ठुटे बूढीलाई च्वाट्टै भो रे। तुरुन्तै गर्नुपर्यो भान्जा,' एकाबिहानै फेरि मामाको फोन आयो।
आफू रातभर सुतेको थिइनँ। आज नाइट काम थियो। इन्डियनको होटेलमा क्लिनिङ। एकै छिन बस्न दिएको होइन, सालेले। हामी नेपालीले अमेरिका आएर काम पाउने नै यहीँ इन्डियनकहाँ। सालेहरूले पेल्नु पेल्छन्। जानी दुस्मनजस्तो।
'हुन्छ मामा,' कुरा काट्न सक्ने हिम्मत थिएन। स्विकारिदिएँ।
'भान्जा, कालो लोकल गाईको है। अरू गाई हुँदैन नि!' फेरि एक घन्टामा फोन आयो, 'तुरुन्तै खुवाउनुपर्योर। खाली पेटमा।
...
हामीले भोलिपल्ट नेपाल फर्कने निधो गर्यौं ।
भाइलाई झन् गाह्रो हुँदै थियो। ज्वरो बढेको थियो। खुट्टा सुन्निन थाले।
हामी आउने थाहा पाएर मामा पहिले नै आएर बसेका रैछन्। देख्नेबित्तिकै भने, 'ल भान्जा तल्लाघरे ठूलेकोमा कालो गाई छ रे, लिन गइहाल्नुपर्यो । मैले भान्जालाई नै कुरेर बसेको।'
हामी गयौं। दिउँसोभरि कुर्यौं । कुरिरह्यौं।
गाईले मुतेन। अहँ, मुत्दै मुतेन।
माथ्लाघरे काका आए। भने, 'पुच्छर उठाअर, पिसाब गर्ने ठाममा प्याट्प्याट् पारओ त मुत्छ।'
मामा अघि सरे। उठाए पुच्छर। पारे प्याट्प्याट्। गाईले पनि एकै झड्कामा खुट्टाले पारिदियो, प्याट्ट। ढले मलखतोमा। मलाई हाँसूँ कि रोऊँ भो! भित्र कताकता लाग्यो, यिनलाई अलि जोडले हानेको भए हुने नि!
काका अघि सरे। एकै छिन मुसारे गाईको ढाडमा। अनि बिस्तारै प्याट्प्याट् पारे। मुत्यो गाईले।
दगुर्दै गएँ म। भाँडो थाप्न।
बल्लबल्ल पाइयो अमृत। खुसी भए मामा। फर्कियौं घर।
'खुवाइहाल्नुपर्यो भान्जा। मलाई त्यसैको मात्रै आश छ,' भुइँमा राख्न नपाउँदै घुँडा मुसार्दै मामाले भने।
'आज ट्राभल गर्दा अलि एसिडिटी बढेको छ। भोलि खाऊँला,' भाइले बिस्तराबाटै झोक्रिएर भन्यो, 'गाईको पिसाब एसिडिक हुन्छ।'
भाइ अलि थलिँदै गएको थियो। उलाई थाहा थिएन, के हुँदै छ?
कताकता लाग्यो पनि होला— यो गाईको पिसाब खाएँ भने म ठिक हुन्छु कि!
'हेर्नुस् भान्जा। त्यसमा त्यहीँ एसिड हुन्छ र त काट्छ नि। त्यो एसिडले ग्यास्ट्रिक–स्यास्ट्रिक सब ठिक हुन्छ। सब काट्छ यसले। किरासिरा सब मार्छ। खाइहाल्नु पर्योर,' मामाले भाइलाई सम्झाउँदै भने, 'भान्जालाई गाह्रो भएको छ, ठिक हुन त खानुपर्योा नि!'
म टिभी कोठातिर गएँ। भाइको अगाडि मामासँग जिद्दी गरेर बस्न मन लागेन। आखिर मामाको पनि त भान्जा हो ऊ।
फेरि यत्रो दिनमा घर आएको थिएँ। कस्तो भएछ घर? हेर्न मन लाग्यो।
सुखले के बस्न दिन्थे! भाइलाई फकाएछन्। र, आए टिभी कोठामा। मलाई खोज्दै।
'ल भान्जा, मैले भाइलाई भनिसकेँ। त्यो मिलाएर खुवाउनुपर्योो। एउटा गिलास ल्याउनुस् त।'
अब मामा–भान्जा कुरा मिलेपछि मैले के भन्नु? फेरि, मलाई पनि कताकता केही गर्छ कि भन्ने झिनो आशा पनि त थियो।
अनि सोचेँ, त्यो गाईको पिसाबले त्यत्रो हानि पनि के नै गर्ला र?
मलाई भाइको बिग्रँदै गएको अवस्थादेखि डर लागिरहेको थियो। ऊ आँखा ठूल्ठुला पार्दै थियो।
मामाले आफ्नै हातले भाइलाई एक घुट्को खुवाए। भाइले मुख बिगार्यो । र, टाउको हल्लाएर 'नाइँ'को संकेत गर्यो्।
ऊ बिस्तराबाट उठ्न खोज्यो। तर सकेन। सायद, अलि गाह्रो भयो कि!
'कहाँ त्यसरी हुन्छ भान्जा। पूरै एक घुड्कोमै खानुपर्योर। त्यसपछि च्वाट्टै हुन्छ,' मामाले भने।
मलाई भो नखा भन्न मन लागेको थियो। भाइको अनुहार हेर्दा लाग्थ्यो, उसका दिन धेरै छैनन्। यस्तो अवस्थामा उसलाई खुसी पार्नु र भनेको पुर्या इदिनु हाम्रो दायित्व हो। अब रोगको उपचार हुने कुनै उपाय नभएपछि अरू के नै गर्न सकिन्छ र? जति दिन बस्छ हाँसेर बसोस्, खुसीले बाँचोस्; मेरो इच्छा थियो।
तर, बिचराले मामाको कुरा कसरी नकार्नु, जबर्जस्ती खायो। साह्रै मुख बिगार्दै।
मामा दंग परे। लाग्यो होला, उनले युद्धभूमिमा विजय हाँसिल गरे। अब, उनी यो संसारको राजा भए।
तर, उनको त्यो खुसी धेरै बेर रहन पाएन। भाइको अनुहार एक्कासि निलो हुँदै गयो। छटपटाउन थाल्यो। दुवै हात बटार्योग। खुट्टा तन्कायो। मुखबाट फिँज निकाल्यो। टाउको छाडिदियो। र, अन्तिम श्वास फेर्योद।
(आगामी साता अस्ट्रेलियामा लोकार्पण हुने ज्ञवालीको कथासंग्रह 'फ्रिडम टु डाई'को सम्पादित अंश)
प्रकाशित: २९ जेष्ठ २०७२ २१:५१ शुक्रबार





