२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा तीन मन्त्रालयको कार्यभार सम्हाल्ने निर्णय

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‌का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने बताएका छन्।   

राष्ट्रपति कार्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामा स्वीकृत भएसँगै उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने निर्णय राष्ट्रपति कार्यालयले जनाइएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय सार्वजनिक गरिएको हो। उक्त विज्ञप्तिमा राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यको हस्ताक्षर रहेको छ।

प्रकाशित: ६ माघ २०८२ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App