नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू आगामी चुनावमा नलड्ने घोषणा गरेका हुन्।
सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका खड्का प्रचारप्रसारका लागि देशभर जाने बताएका छन्।
यस्तो छ उनको स्टाटस:
२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको विपरीत गरेकाे निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेराे दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकट बाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानकाे प्रतिकूल हुने हुँदा पार्टीका साथिहरु र आम मतदाताकाे माया ,भराेसा र बिश्वास म प्रती हुदाहुँदै पनि यसपटक प्रतिनिधि सभाकाे निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेकाे छु ! याे निर्णयले पार्टीका साथिहरु र आम मतदाता हरुकाे भावनमा हुने प्रतिकुलता र लाग्ने चाेटका प्रती म सबै संग क्षमा माग्न चाहान्छु।
अन्तमा पार्टीको जाे साथि उमेदवारकाे रुपमा रुख चुनाव चिन्ह लिएर तपाईहरुकाे बिचमा आउनु हुन्छ पार्टीको स्वही उमेदवारलाई पार्टी पङ्तिका सबै साथिहरु एकता बद्व भई निर्वाचन अभियानमा लाग्न र अत्याधिक मतले बिजयी गराउनु हुन मेरा परम आदरणीय मतदाता दिदिबहिनी तथा दाजुभाई हरुमा हार्दिक अनुराेध र अपिल गर्दछु।
जय नेपाल!
प्रकाशित: ६ माघ २०८२ ११:०९ मंगलबार





