काठमाडौं–अमेरिकामा राम्रो काम लगाइ दिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने लेखनाख नगरपालिका–९ स्थायी घर भइ नरेश डिसीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका–२९ ठमेलमा पव्लिकेशन हाउस संचालन गर्ने डिसीले अमेरिकामा राम्रो काम लगाइ दिने भन्दै विभिन्न व्यक्तिबाट २१ लाख ८० रकम ठगी गरेको प्रहरीले जनाएको छ।
पीडित व्यक्तिको उजुरीको आधारमा डिसीलाई जेठ २७ गते टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ जेष्ठ २०७२ ०६:२२ बिहीबार