४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

पत्नी पोइल गएको झोकमा झुन्डिएर आत्महत्या

गौशाला (महोत्तरी) —पत्नी पोइल गएको झोकमा महोत्तरीको गौशाला नगरपालिकामा एक युवकले गएराति झुन्डिएर आत्महत्या गरेका छन्।

 

मृत्यु हुनेमा गौशाला नगरपालिका–५ रजखोर बस्ने एकबहादुर आले मगरका छोरा ३२ वर्षीय लालबाबु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

केही दिनअघि पत्नी पोइल गएदेखि निक्कै तनावमा रहँदै आएका लालबाबु गएराति १० बजे आफ्नै घरको बाहिरी बलोमा गम्छाको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

आलेको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। रासस

प्रकाशित: २८ जेष्ठ २०७२ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App