४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

एक लाख २० हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौं–१ लाख २० हजार घुससहित डिभिजन सडक कार्यालय नुवाकोटका इन्जिनियर पक्राउ परेका छन्।७ लाख ६४ हजारमा ठेक्का पाएको र सडक मर्मतको कामसमेत सम्पन्न भएपछि डिभिजन सडक कार्यलयबाट रकम भुक्तानीको लागि ठेकेदारसँग कार्यालयका इन्जिनियर लालसिंह ऐरी घुस मागेको भन्ने सुचनाको आधारमा इन्जिनियर ऐरीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७२ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App