५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

विश्वविद्यालयमा 'सेल्फी कोर्स'

पछिल्लो समय सेल्फी खिच्ने ट्रेन्ड विश्वभर प्रचलित छ। आफूसँग भएको स्मार्टफोन वा क्यामेराबाट मानिसहरू सेल्फी खिच्ने गर्छन्। उनीहरू सेल्फी खिचेर तुरुन्तै माइक्रो ब्लगिङ साइट फेसबुक/ट्वीटर/इन्स्टाग्राम/लिंकदेन लगायतमा सेयर गर्छन्।
यही ट्रेन्डले होला, ट्वीटरले सन् २०१४ लाई सेल्फी वर्षका रूपमा मनाएको थियो। सेल्फीको प्रभाव नेपालमा पनि उत्तिकै छ। तर सेल्फीको विज्ञ सबै नहुन सक्छन्। यही कुरालाई मध्यनजर गर्दै सेल्फी खिच्ने तरिकाबारे औपचारिक पढाइ सुरु हुने भएको छ।
लन्डनको सिटी लिट कलेजले यही मार्चदेखि यो कोर्स सुरु गर्ने भएको छ। कलेजले कोर्सको नाम भने 'आर्ट अफ सेल्फी' राखेको छ। यो कोर्स एक महिनाको हुने कलेजले जनाएको छ।
यो कोर्स लिएपछि विद्यार्थीले राम्रो सेल्फी खिच्ने विश्वविद्यालयले जनाएको छ। कोर्समा भर्ना हुनका लागि विशेष सीपको पनि आवश्यक पर्ने छैन। सेल्फीको क्रेज बढेसँगै सर्वसाधारणदेखि सेलिब्रिटी र नेतासम्मले यसलाई अँगाल्दै आएका छन्।
यसअघि एक अमेरिकी विश्वविद्यालयले इन्टरनेटमा समय बर्बाद गर्ने तरिकाबारे पढाइ सुरु गर्ने घोषणा गरेको थियो।
सेल्फी कोर्समा विद्यार्थीलाई आफ्नै पुराना सेल्फी र विश्व चर्चित अन्य सेल्फीको मूल्यांकन गर्न सिकाइने बताइएको छ। सबैभन्दा धेरै ट्वीट भएको अस्कर सेल्फी वा किम कर्दाशियनजस्ता सेलिब्रिटीका सेल्फीको अध्ययन गरी राम्रो सेल्फी लिने कलाबारे विद्यार्थीलाई सिकाइनेछ।

प्रकाशित: २ माघ २०७१ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App