के गर्दै हुनुहुन्छ?
स्टेज कार्यक्रम र फिल्मको पार्श्वगायन गरिरहेकी छु।
पछिल्लोपल्ट तपाईंको स्वरमा रेकर्ड भएको गीत?
फिल्म 'हाउ फन्नी'को गीत गाएकी छु।
गायनको सुरुवात पनि पार्श्वगायनबाटै हो, क्यारे!
हो। फिल्म 'जोखिम'को 'तिमी आयौ मधुमास आयो' भन्ने गीतबाट गायन करिअर थालेकी हुँ। मलाई कोमल वली दिदीको तीजको गीत 'गुन्यूचोली कता फालिछौ'ले चिनायो।
संगीत सिकेर गाउन थाल्नुभएको हो?
गाउन त पहिलेदेखि नै गाउँथेँ। संगीत नै पढिरहेकी पनि छु। अहिले मास्टर्स गर्दैछु।
गाउनका लागि पढाइले कत्तिको अर्थ राख्ने रहेछ?
अर्थ राख्छ तर मीठो स्वर 'गड गिफ्टेड' नै हुनुपर्छ। शिक्षाले त्यसमा निखार ल्याउन सघाउ"छ।
आफूले गरेको कामको फल पाएको महसुस हुन्छ कि नाइँ?
अहिलेसम्म पाइरहेकी छु। धेरै फल पाउन मेहनत पनि धेरै गर्नुपर्छ।
कस्ता गीतमा आफ्नो स्वर सुहाउँछ जस्तो लाग्छ?
सबैले 'भर्सटायल' गायिका भन्छन्। मैले पनि सबै प्रकारका गीत गाएकी छु। त्यसैले सबै प्रकारका गीतमा मेरो स्वर सुहाउँछ।
सोलो एल्बम कतिवटा भए?
अघिल्लो वर्ष 'मन' भन्ने एउटा एल्बम ल्याएकी थिएँ। त्यत्ति हो।
प्रकाशित: २ माघ २०७१ ०१:२० शुक्रबार





