कहिलेकाहीँ स–साना केटाकेटीले यस्तो कुरा गरिदिन्छन् कि अभिभावक छक्क पर्छन्। बलिउड अभिनेत्री ऐश्वर्या रायलाई पनि यस्तै भएको छ।
छोरी आराध्याले आफूलाई कसरी अप्ठ्यारो अवस्थामा पारिन् भन्ने विषयमा ऐश्वर्याले भनिन्, 'केही दिनअघि एउटा कार्यक्रममा सहभागी भएकी थिएँ। आराध्या र अभिषेक पनि सँगै थिए। कार्यक्रमबाट फर्किएछि म मेकअप हटाउन थालेँ। आराध्याले मेरोछेउ आएर 'ममी, के गर्नुभएको' भनी सोधी। मैले भनेँ, 'अनुहार सफा गर्दैछु।' यसो भनिसक्न नपाउँदै उसले भनी, 'होइन, तपाईं मेकअप हटाउँदै हुनुहुन्छ।'
आराध्याले मेकअपको अर्थ बुझेको थाहा पाएर आफू छक्क परेको ऐश्वर्याले बताइन्। 'मलाई त छोरी हुर्किसकिछे जस्तो लाग्यो,' उनले भनिन्।
प्रकाशित: १ माघ २०७१ ११:२९ बिहीबार





