२२ माघ २०८२ बिहीबार
image/svg+xml
अपराध

टिकटकमा बन्दुक राखेको आरोपमा एक जना पक्राउ

सामाजिक संजाल टिकटकमा बन्दुको भिडियो राखेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् ।  

सोही पोस्टको आधारमा कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रुपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन । उनले आफ्नो टिकटक आइडीबाट भरुवा बन्दुकको भिडियो पोष्ट गरेका थिए ।  

भिडियो पोष्ट गरेपछि प्रहरीले ओझाको घरबाट अबैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले बताए । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजाना कसूर सम्बन्धी मुद्दामा सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।

 

प्रकाशित: ३० पुस २०८२ १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App