सर्लाही–सर्लाहीमा कम्प्युटर चोरी गर्ने गिरोह पक्राउ परेको छ। राजमार्ग क्षेत्रको पसल, साइबर र लालबन्दी नगरपालिकाको कार्यालयबाट चोरी गरेका दश ल्याप्टप सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।इलाका प्रहरी कार्याल लालबन्दी, हरिपुर, हरिवन, नवलपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले ल्याप्टप चोरी गर्ने गिरोह पक्राउ गरेको हो। महोत्तरीको खायरमारा, गौशाला सर्लाहीको लालबन्दी र बाराको जितपुरबाट सादा पोसाकका प्रहरी टोलीले चोरीको ल्याप्टप सहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
ल्यापटप चोरी गर्ने, चोरीएको ल्यापटप बिक्री गर्ने दुवैलाई ल्यापटप सहित पक्राउ गरी अनुसन्धान भइहरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
पक्राउ परेका गिरोह ग्यारेजहरुबाट सवारी साधनको टायर र अन्य समान समेत चोरी गरेर बेच्दै आएका थिए।
दिउसो पसल र कार्यालयमा सेवाग्राही बनेर कामका लागि जाने युवाहरु नै राती चोरी गरेर समान बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रकाशित: १ माघ २०७१ ०४:०९ बिहीबार