१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

गहूँको भुस र मट्टितेल खन्याइ आगो लगाएर श्रीमतीको हत्या

धनगढी—कैलालीको मध्य क्षेत्रको जोशीपुर गाविस–८ घुसरी गाउँका महेन्द्र कठरियाले आफ्नो श्रीमती मीरा कठरियाको आगो लगाई हत्या गरेका छन्। सोमबार राति करिब ११ बजे घरको आँगनमा ३३ वर्षीया मीराको शरीरमा गहुँको भुसा र मट्टितेल खन्याएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले मङ्गलबार राति जनाएको छ।इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक भरत शाहले सोमबार राति गाउँ नजिकै लागेको मेलामा मदिरा सेवन गरी अबेर राति घर पुगेकी मीरा आँगनमा ढलेको देखेपछि उनका श्रीमान्‌ले आवेगमा आई शरीरमाथि गहुँको भुसा र मट्टितेल खन्याएर आगो लगाइएको अभियुक्तले स्वीकारेको प्रहरी निरीक्षक शाहले बताए।

विगतदेखि बारम्बार मदिरा सेवन नगर्न सम्झाउँदा पनि नमाने पछि आवेगमा आई आफूले हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्।

कठरियाको घर आँगनमा राति आगो दन्किएको देखेपछि गाउँलेले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुग्दा मीराको मृत्यु भइसकेको थियो। अभियुक्तलाई प्रहरीले हिरासतमा लिएको छ।

घटनापछि उनका नाबालक चार छोराछोरीको विचल्ली भएको छ। रासस

प्रकाशित: २९ पुस २०७१ २३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App