६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

नक्कली सवारी चालक अनुमतीपत्र बनाउने पक्राउ

काठमाडौं-नक्कली सवारी चालक अनुमतीपत्र बनाई बिक्री बितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–२९ असन डेरागरी बस्ने काभ्रे सिसाखानी–८ घर भएका ४० बर्षीय मिलन लामालाई प्रहरीले पक्राउ गरेको हो।


प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनको कोठा तलासी गर्दा यातायात व्यवस्था बिभागको होलोग्राम ७ थान, यातायात व्यवस्था कार्यालय बागमती लेखिएको छाप २ थान, शाखा अधिकृतको छाप १ थान, प्रतिलिपी लेखिएको छाप १ थान, निलो स्ट्याम्प प्याड १ थान टाइप गरिएको सवारी चालकको कार्ड ४ थान, टाइप नगरको सवारी चालकको कार्ड १२ थान, टाइप मेशिन १ थान, चेक राईटर १ थान बरामद गरेको छ।
लामाको बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ पुस २०७१ ०५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App