नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज श्रीलंका ‘ए’सँग अभ्यास खेल खेल्दैछ।
मंगलबार (आज) श्रीलंकाको नवालास्थित एसएलडिसि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ देखि सुरु हुनेछ। नेपालले श्रीलंका ‘ए’ सँग बाँकी दुई अभ्यास खेल पनि खेल्नेछ।
श्रीलंकापछि नेपाली टोली भारत जाने छ, जहाँ टोलीले भारतमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग पनि तीन टी-२० आई सिरिज खेल्नेछ। यो अभ्यास खेल विश्वकपको तयारी स्वरूप खेल्न लागेको हो।
पुरुष टी-२० विश्वकप आगामी फ्रबेअरी ७ देखि भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछ।
प्रकाशित: ६ माघ २०८२ ११:५३ मंगलबार





