४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरेका छन्। उनले स्वादिष्ट भोजनभन्दा शरीरलाई तन्दुरुस्त बनाउने खानेकुरामा जोड दिनुमै सबैको हित रहेको बताए। काठमाडौंमा आयोजित ‘सन्तुलित भोजन, स्वस्थ्य जीवन’ विषयक एक कार्यक्रममा डा अधिकारीले स्वस्थ्य रहन सन्तुलित भोजन र स्वस्थ्य जीवनशैली अपनाउनुपर्ने सल्लाह दिएका हुन्।

उनले सकारात्मक भाव पैदा गर्ने खानामा दिन सबैले जोड दिन र खानाप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए। डा अधिकारीले भने, 'कम्तीमा दैनिक सात हजार पाइला हिँड्न आवश्यक छ। पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ। ध्यान र योग स्वस्थ्य जीवनशैलीका लागि आवश्यक छ। विषादीजन्य खानेकुराले पार्ने नकारात्मक असरबारे सबै सचेत बन्नुपर्छ।'

विषादी र प्रदूषणले आहारविहारमा असर पारेकाले योग, व्यायाम र सकारात्मक सोच नै स्वस्थ्यकर जीवनशैलीको मूलमन्त्र रहेकामा कार्यक्रममा चर्चा गरिएको थियो। रासस

प्रकाशित: २९ माघ २०८२ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App