२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

थारु पहिरनमा रेखा

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। 
नेपाली फिल्मका नियमित दर्शकलाई अवगत होला, अघिल्लो फिल्म 'हिम्मतवाली'मा रेखा थापा पश्चिम क्षेत्रको थारु महिलाको पहिरनमा नाचेकी थिइन्। त्यसैगरी फिल्म 'रावण'मा धिमाल जातिको पहिरन लगाएकी थिइन् भने फिल्म 'काली'का केही दृश्यमा मधेसी महिलाका रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन्। नेपाली सांस्कृतिक पहिरनमा असाध्यै रुचि राख्ने बताउँछिन् उनी। तर, अघिल्ला चरणमा अरूका अनुसार आफू देखिने बाध्यताका कारण त्यस्तो गर्न नसकेको बताइन्। 'त्यसैले पछिल्ला फिल्ममा कहीँ न कहीँ मौलिक पहिरन घुसाएकी छु,' उनले भनिन्। थारु जातिको ठूलो पर्व माघीमा रेखाले सोही जातिका महिलाको पहिरनमा आफूलाई प्रस्तुत गरेकी छिन्। विभिन्न संस्कृतिलाई समेट्ने शुक्रवारको अभियानमा यसपल्ट रेखाले सहकार्य गरेकी हुन्। 'यसपटक मलाई अझै धेरै खुशी मिलेको छ,' उनले भनिन्, 'फिल्म 'तथास्तु' माघीको शुभकामनास्वरूप एक हप्ताअघि नै रिलिज गर्दैछु।'

प्रकाशित: २५ पुस २०७१ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App