काठमाडौं— सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रणबहादुर बमको हत्या आरोपमा पक्राउ परेका चार जनालाई थप अनुसन्धानका लागि एक साता थुनामा राख्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। शनिवार प्रहरीले पक्राउ गरी चुरेभावर राष्ट्रिय पार्टीका बाबु थापा, करण चौधरी, प्रेमराज खड्का र दीपक कर्ण सार्वजनिक गरेको थियो।
न्यायाधीश बमको हत्या भएको स्थल ललितपुर जिल्लाको शंखमुलमा रहेकाले अभियुक्तलाई म्याद थप गर्न ललितपुर जिल्ला अदालत पुर्याइएको थियो। न्यायाधीश नारायण सुवेदीको इजलाशले थप अनुसन्धान गर्न पहिलो पटक एक साताको समय दिने दिने निर्णय गरेको हो।
चुरेभावर राष्ट्रिय पार्टीको आधिकारितासम्बन्धी मुद्दामा आफ्नो विपक्षमा अन्तरिम आदेश दिएको भन्दै थापाको योजनामा न्यायाधीश बमको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ। प्रहरी प्रधान कार्यालयमा प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरु सार्वजनिक गर्दै सो हत्याकाण्डमा भएको प्रगतिबारे जानकारी गराएको थियो। पार्टीको नेतृत्वसम्बन्धी मुद्दामा इजलासबाट भएको आदेशलाई लिएर बाबु थापालगायतको समूहले न्यायाधीशको हत्या गरेको अनुसन्धानबाट देखिएको हो। घटनामा संलग्न चार जना पक्राउ परे पनि अर्का एक व्यक्ति भने फरार रहेका छन् । इस्माइली मगर फरार छन् र उनी हाल साउदी अरबमा रहेको पक्रकार सम्मेलनमा प्रहरीले दावी गरेको छ।
यो पनि पढ्नोस्:

न्यायाधीश बम हत्या प्रकरणः चौथो राउन्ड फायर गर्दा बाबुले जीप रोक्यो
'मन्त्री बन्न नपाएको झोंकमा हत्या'
प्रकाशित: २० पुस २०७१ ०७:१० आइतबार