क्रिएटिभ अर्थात् रचनात्मक हुन मानिसले के गर्दैनन् ? किताब पढ्नेदेखि घातक नशा लिनेसम्मका काम गर्छन्। अब पेय पदार्थले मान्छेलाई क्रिएटिभ बनाउने भएको छ। अनुसन्धानकर्ताहरूले यस्तो बियर पत्ता लगाएका छन्, जसको सेवनले मानिसको क्रिएटिभिटीमा बढोत्तरी ल्याउँछ।
इलिनोइस युनिभर्सिटीकी प्रोफेसर जेनिफर नेतृत्वको समूहले यस्तो बियरको फर्मुला पत्ता लगाएको हो। 'रगतमा अल्कोहलको मात्रा ०.०७५ प्रतिशत पुगेको बेला मानिसको रचनात्मक ढंगले काम गर्ने क्षमता वृद्धि हुन्छ,' जेनिफरले भनिन्।
जेनिफरको समूहले पत्ता लगाएको फर्मुलाका आधारमा अमेरिकाका दुई कम्पनीले शरीरलाई रचनात्मक बनाउने मात्रामा अल्कोहल मिसाएर संयुक्त रूपमा 'प्रोब्लम सल्भर' ब्रान्डको बियर बनाएका छन्। बियर कम्पनीका अनुसार यो बियर पिउँदा कुनै हानिनोक्सानी हुँदैन। बरु, यसले रचनात्मकता बढाउँछ। 'प्रोब्लम सल्भर' बियर पिउने मानिसको रगतमा अल्कोहलको मात्रा ०.०७५ प्रतिशत पुग्ने र यसले मानिसलाई क्रिएटिभ बनाउने कम्पनीको दाबी छ।
प्रकाशित: १८ पुस २०७१ १०:०७ शुक्रबार





