चीनका एक व्यक्ति आफ्नो एक्लो जीवनका कारण यति दुःखी र आक्रोशित रहेछन् कि उनले आफ्नै लिंग छेदन गरेका छन्। आवेगमा आएर लिंग छेदन गरे पनि असह्य पीडा भएपछि साइकल कुदाउँदै उपचारका लागि उनी नजिकैको अस्पताल पुगेका थिए।
१६ वर्षका वाङ हूले यस्तो घातक कदम चालेका हुन्। अस्पताल पुगेर उनले डाक्टरहरूसँग 'मेरो लिंग काटिएपछि रगत निस्किरहेको छ' भनेका थिए। डाक्टरहरूले उनको उपचार सुरु गर्न खोजे। तर, लिंगको काटिएको भाग जोड्ने दिशातिर उनीहरू अग्रसर हुन सकेनन्। किनभने, हूले लिंगको काटिएको टुक्रा साथमा ल्याएकै थिएनन्।
डाक्टरहरूले हूलाई 'घर गएर लिंगको टुक्रा लिएर आउनू' भनेपछि उनी साइकल कुदाउँदै लिंग खोज्न घर पुगे। लिंग खोजेर गोजीमा हाली पुनः साइकलमै अस्पताल आइपुगे। त्यसपछि डाक्टरहरूले उनको उपचार सुरु गरे। अहिले उनी ठीक हुँदैछन्। अफसोच, डाक्टरहरूले उनको लिंग भने जोड्न सकेनन्।
हूका साथीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले लेखेका छन्, 'हू एक्लो महसुस गर्थ्यो। गाउँबाट शहर आएपछि एकजना गर्लफ्रेन्ड नहुँदा ऊ निराश थियो। ऊ कपडा कारखानामा काम गथ्र्याे। काममा बढी व्यस्त हुने भएकाले युवतीहरूसँग संगत गर्न र प्रेमिका बनाउन नसकेको उसको गुनासो थियो।' यही तनावमा हूले यस्तो आत्मघाती कदम चालेको थियो।
प्रकाशित: १८ पुस २०७१ १०:०६ शुक्रबार





