२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

'पपुलर' पुटिन

प्रेमी पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६२ वर्षका भए। रसिक स्वभावका पुटिन अहिले एकजना जिम्न्यास्टिक सुन्दरीसँग प्रेममा छन्। गतसाता पत्रकारहरूसँगको कुराकानीमा आफूले कसैलाई प्रेम गरेको र ती युवतीले पनि आफूलाई प्रेम गर्ने गरेको खुलासा गरेका छन्।
article-2560278-1B47CEA900000578-719 634x494
'मैले माया गरेकी एउटी छे, मैले पनि उनीबाट माया पाएको छु,' पुटिनले भने। तर, ती युवती को हुन् भन्ने उनले खुलाएनन्।
श्रीमती लुडमिलासँग ३० वर्ष लामो दाम्पत्य जीवन गत वर्ष तोडेका पुटिनले नबताए पनि उनले माया गरेकी युवती रुसी जिम्न्यास्टिक सुन्दरी एलिना कावायेभ हुन्। दुई वर्षअघि पुटिनले आफू एलिनासँग भावनात्मक रूपमा निकट रहेको बताएका थिए।
पत्रकारहरूसँगको कुराकानीमा पुटिनले भने, 'हिजोआज म स्वतन्त्र छु। यस्तो बेलामा म एकजना सुन्दरीको मायाजालमा परेँ। मेरी प्रेमिकालाई तपार्इंहरू पनि चिन्नुहुन्छ।' नाम नबताए पनि प्रेमीकाबारे पुटिनले थप जानकारी दिए, 'उनी विश्वप्रसिद्ध एथलिट हुन्। ओलम्पिकमा स्वर्ण जितेकी छिन्, मेरी प्रेयसीले।' पुटिनको कुरा सुनेपछि पत्रकारहरूले मुसुमसु हाँस्दै 'तपाईंले एलिनाको कुरा गर्नुभएको हो ?' भनी सोधेका थिए। पुटिनले 'हो' को भाकामा टाउको हल्लाए, तर केही भनेनन्।
पुटिन र एलिनाको छ वर्षअघि भेट भएको थियो। सोची विन्टर ओलम्पिकको तयारीमा एलिना व्यस्त भएका बेला पुटिनले उनीसँग भेटेर उनलाई 'सफल जिम्न्यास्टिक खेलाडी'को संज्ञा दिएका थिए। त्यसपछि पुटिनले उनीसँग विभिन्न पार्टी, सभासमारोह तथा कार्यक्रममा भेटघाट हुने आधार तयार पारे। यस क्रममा उनीहरू एकअर्कासँग नजिकिन पुगे। यसरी पुटिनले आफूभन्दा आधा उमेरले कान्छी ३१ वर्षीया एलिनालाई प्रेमजालमा पारिछाडे।
 
घडी पारखी
पुटिन घडी फेरिरहन असाध्यै रुचाउँछन्। यसरी फेरिएका घडी अनिवार्यतः गुणस्तरीय र महँगा हुन्छन्। यो उनको पुरानो सोख हो।
सन् २०१२ मा पुटिनको निजी संग्रहमा करिब साढे चार लाख पाउन्ड बराबरको घडी रहेको पुष्टि भएको थियो। यो मूल्य भनेको उनको वार्षिक तलबको करिब छ गुणा बढी हो। उनले वार्षिक ७२ हजार पाउन्ड तलबभत्ता लिने गरेका छन्। यति आम्दानीबाट उनले कसरी त्यति महँगा घडी खरिद गर्नसके भनेर पश्चिमी मिडिया बेलाबेलामा पुटिनलाई कटाक्ष गर्छ।
देशभित्र र बाहिरका उनका विरोधीहरू उनको घडी मोहलाई आधार बनाएर उनलाई विलासी नेता भएको आरोप लगाउँछन्। आरोपमा बल पु¥याउन उनीहरू अमेरिकी राष्ट्रपति बाराक ओबामाले लगाउने घडीको मूल्य २ सय २५ डलरमात्र भएको तथ्य उल्लेख गर्छन्।

खानपानमा होसियार
puting-food
भ्लादिमिर पुटिन खानपानमा ज्यादै होसियार छन्। खाना स्वास्थ्यकर होस् र यसमा कसैले विष नमिसाएको होस् भन्नेमा सुनिश्चित भएर मात्रै उनले खाना खाने गरेका छन्।
पश्चिमी मुलुकहरूसँग पौँठेजोरी खेल्न रुचि राख्ने पुटिनले खानामा विष मिसाएर आफ्नो हत्या हुनसक्ने आशंका व्यक्त गर्ने गरेका छन्। यसका लागि उनले आफ्ना लागि पस्किएको खाना चाख्न केही कर्मचारी नियुक्त गरेका छन्। यसरी नियुक्त गरिएका कर्मचारीले पुटिनका लागि खाना बनाउने भान्छेसँगै पुटिनको खाना चाख्ने गरेका छन्।
खानाको स्वादमा भने उनी त्यति छनोटशील छैनन्। टमाटर, काँक्रो, काँचो सागसब्जी मन पराउँछन्। हरेक बिहान उनले जाउलो, दही र मह खाने गरेका छन्। उनलाई खसीको मासु ज्यादै मीठो लाग्छ, तर स्वास्थ्यलाई राम्रो गर्छ भनेर माछा बढी खान्छन्। खाना खाएपछि उनी आइसक्रिम खान रुचाउँछन्। जस्तोसुकै जाडोमा पनि खाना खाएपछि उनी आइसक्रिम खोज्छन्।
 
साहसिक खेलमा रुचि
article-2198963-14DC2C8B000005DC-175 634x380
सन् २०१२ मा पुटिन साहसिक यात्रामा निस्किए। यस क्रममा उनी हलिउडको हिरोझैँ अर्धनग्न भएर जंगलमा साहसिक खेल खेल्दै गरे। विभिन्न पोजका उनका तस्बिर संसारभरिका पत्रपत्रिकामा भाइरल बनेका थिए। यसैकारण उनलाई 'संसारकै कामुक नेता'को संज्ञा दिइएको थियो।
उनले घोडचढी र प्याराग्लाइडिङसहित समुद्रभित्र पसेर समुद्रभित्रको संसार नियाल्ने काम गरेका थिए। साथै, उनले बाघ, चितुवालगायत जीवजन्तुसँग समेत फोटो खिचाएका थिए।
पुटिनका यस्ता गतिविधिको रुसी मिडियाले राम्रो कभरेज गरेको थियो। साहसिक अवतारमा आफूलाई प्रस्तुत गरेर करिश्मायुक्त व्यक्तित्व स्थापित गर्ने प्रयास पुटिनबाट भएको आरोप उनका विपक्षीहरूले लगाएका थिए। तर, पुटिनले भने खतरामा रहेका जंगली जनावरप्रति सचेतना जगाउन आफूले जंगलमा समय गुजारेको र यसको कभरेज गराएको बताएका थिए।
 
नग्न अभियान
wpid-article-1311087042690-0d12c00900000578-275172 636x392
रुसको खासगरी युवा जमातमा पुटिन ज्यादै 'पपुलर' छन्। उनको बहुआयामिक व्यक्तित्वका कारण युवतीहरू पुटिन भनेपछि मरिहत्ते गर्छन्। प्रधानमन्त्री बनेपछि राष्ट्रपतिका निम्ति उनले उम्मेदवारी दिँदा पुटिनप्रति रुसी युवतीहरूको मोहबारे संसारले जान्न पाएको थियो।
निर्वाचन प्रचारप्रसारका क्रममा पुटिनको पक्षमा रुसी युवतीहरू स्वतःस्फूर्त लागेका थिए। राजधानी मस्कोका युवती विद्यार्थीले नग्न अभियान सुरु गरेका थिए। अभियानमा सहभागि युवतीहरूले पुटिन विजयी भए आफूहरू पूर्ण रूपमा नांगिने उद्घोष गरेका थिए।
युवतीहरूले भिडियो बनाएर युट्युबमा राखी आफू नांगिएको हेर्न चाहनेले पुटिनलाई भोट हाल्न आह्वान गरेका थिए। भिडियोमा उनीहरूले आफ्ना वक्षस्थल प्रदर्शन गर्दै पुटिनका लागि भोट मागेका थिए।
 
खेलाडी पुटिन
article-1341038-0C91176E000005DC-346 634x679
राजनीति, कूटनीति र फौजी मामिलामा 'स्ट्रङ म्यान' भनेर चिनिएका उनी शारीरिक रूपमा बलिया छन्।
पुटिन करातेका राम्रा खेलाडी हुन्। उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गरिसकेका छन्। रुसमा कराते खेलको प्रर्वद्धधनमा योगदान पुर्‍याएको भन्दै उनलाई ब्ल्याक बेल्ट प्रदान गरिएको हो।
पुटिन जुडो खेलमा पनि उत्तिकै पोख्त छन्। जुडोमा पनि उनले 'फिफ्थ डिग्री ब्ल्याक बेल्ट' पाइसकेका छन्। विभिन्न जुडो खेलमा विपक्षीमाथि हाबी भएर पुटिनले आफ्नो सामथ्र्य प्रदर्शन गरिसकेका छन्।
'जुडोले मानिसलाई आत्मनियन्त्रण कलाबारे सिकाउँछ। क्षणहरूलाई महसुस गर्न, विपक्षीको सामथ्र्य र कमजोरी बुझ्न र ऊमाथि हाबी भएर चिताएको नतिजा निकाल्न यसले मद्दत गर्छ,' उनी भन्छन्। तेक्वान्दोमा पनि उनको दक्खल छ।

प्रकाशित: १० पुस २०७१ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App