१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

दुःख मेटिने आशमा

धरान–११ सर्दुखोलास्थित सुकुम्बासी बस्तीका जीवन राई मजदुरी गरेर परिवार पाल्छन्। बिहान–बेलुका हातमुख जोड्न गिट्टी कुट्ने उनी यतिबेला क्रिसमसको तयारीमा व्यस्त छन्। दुई वर्षअघि बच्चाहरू बिरामी भए। जीवन आफैँ पनि थला परे। उपचार गर्ने पैसा थिएन। माथिल्लो बस्तीका एक परिचितले चर्च गएर प्रभुको प्रार्थना गर्न सुझाव दिए।
बाइबल पढेपछि सबै दुःख/पीडा ठिक हुने र चाँडै सुखी जीवन बिताउन पाइने कुरा उनले बताए। उनले अर्को दिन दुवैलाई चर्च लिएर गए। अनि उनीहरूलाई क्रिस्चियन बनाए। जीवनकी श्रीमती रमिला भन्छिन्, 'परिवारको सुखशान्तिका लागि क्रिस्चियन भएका हौँ। प्रभुले बिस्तारै हाम्रा दुःख हटाएर सुखी जीवन दिनुहुन्छ भन्ने आशमा छौँ।'तेह्रथुम, जिरीखिम्तीका तेजबहादुर विकको परिवारलाई खान/लाउन समस्या थियो। क्रिस्चियन धर्म अँगालिसकेका आफन्तले उनीहरूलाई पनि क्रिस्चियन बन्न कर गरे। 'प्रभुमा विश्वास गरेपछि कहिल्यै दुःख नहुने, आर्थिक समस्या पर्दा पनि चर्चबाट सहयोग पाइने कुरा गरेपछि हामी क्रिस्चियन भयौँ,' विकले भने। त्यसपछि 'संगति गर्ने', 'चर्च जाने', 'बाइबल सुन्ने' दैनिकी बन्यो उनको परिवारको।
पूर्वका जनजाति बाहुल्य गाउँ, गरिब तथा दलित बस्तीहरूमा पछिल्लो समय क्रिस्चियनहरूको संख्या बढ्दो छ। पूर्वी तराईका झापा, मोरङ, सुनसरीदेखि पहाडी क्षेत्र धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलाम, खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा तीव्र रूपमा इसाई धर्मावलम्बी बढिरहेका छन्।
मोरङ, पथरीका जीतेन्द्र तामाङ आफ्ना छरछिमेकमा दुई वर्षयता धेरै क्रिस्चियन भइसकेको बताउँछन्। 'गरिब त देख्नै नहुने,' उनी भन्छन्, 'धेरै लोभ देखाउँछन्। र, क्रिस्चियन बनाउँछन्। मलाई पनि पटक–पटक लोभ देखाएका थिए। तर, मैले मानिनँ।'
जनजाति बाहुल्य शहर धरानमा ३५ वटाभन्दा बढी चर्च छन्। अधिकांश चर्च सुकुम्बासी बस्ती छेउछाउ छन्।

प्रकाशित: १० पुस २०७१ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App