२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

घातक घाम

जाडो बढ्दै गएपछि हामी घाममा निस्किन मन पराउन थालेका छौँ। तर, ब्राजिलको शहर साओ पाउलोछेउको एउटा गाउँका कतिपय मानिसलाई घाममा निस्किने सुविधा कहिल्यै उपलब्ध हुँदैन। किनकि, घाममा निस्किनासाथ मानिसको छाला डढ्छ।
साओ पाउलोको छेउमा रहेको अरारस भन्ने ठाउँमा यति विषालु घाम लाग्ने गरेको हो। घामले जलेर कुरूप भएका मानिस गाउँमा थुप्रै छन्।
घामको कारण छाला यसरी डढ्ने रोगलाई चिकित्साशास्त्रमा जेरोडर्मा पिगमेन्टोसम अर्थात् एक्सपी भनिन्छ। यो यदाकदा मात्रै देखापर्ने रोग हो। यस्तो रोग लागेको व्यक्तिको छाला घाममा निस्किनासाथ डढ्ने गर्छ। लाखौँमा एक जनालाई मात्र यो रोग लाग्ने गरेको छ। तर, यो गाउँका तीन प्रतिशत बासिन्दा एक्सपी रोगबाट ग्रस्त छन्। घाममा निस्किँदा जलेका मानिस देखेपछि गाउँका स्वस्थ मानिस पनि घाममा भरिसक्के निस्किँदैनन्।

प्रकाशित: ४ पुस २०७१ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App