धनकुटा, वसन्तटारकी श्रेयसी चेम्जोङले विन्द्यवासिनी म्युजिक अवार्ड जितेपछि पूर्वमा खुशीयाली छाएको छ।
चर्चित गायिकाहरू अञ्जु पन्त, मिलन अमात्य, रजिना रिमाल र अञ्जना गुरुङलाई पछि पार्दै 'सुनेँ खबर' बोलको गीतबाट उत्कृष्ट गायिका बनेकी १६ वर्षीया श्रेयसीलाई सम्मान गर्न पूर्वेलीहरू जुटेका छन्। 'श्रेयसीको जीत पूर्वेलीहरूको जीत हो,' संगीतपारखी भानेन्द्र सुब्बा सम्बाहाङ्फेले भने। उनलाई जिताउन धरानका सुधीरसिंह लिम्बूको संयोजकत्वमा प्रकाश सम्बाहाङ्फ,े हेमन्त लिम्बू, सुयोग पाख्रिन, शम्भु श्रेष्ठलगायत युवाहरूले 'श्रेयसी चेम्जोङ भोटिङ प्रचार प्रसार समिति' गठन गरेर पूर्वमा अभियानै चलाएका थिए। समितिले धरान, इलामलगायत पूर्वका विभिन्न ठाउँमा कन्सर्ट र भोटिङ अभियान सञ्चालन गरेको थियो।
प्रकाशित: ३ पुस २०७१ ११:३६ बिहीबार





