भोजपुरको हसनपुर, मचुवाटारका भीम राईको सानैदेखिको सपना हो, गायक बन्ने। त्यही सपना पूरा गर्न राजधानी पसेका उनले रत्नराज्य कलेमा संगीतमा डिप्लोमा पढे। हालै 'वीर गोर्खाली' र 'मेरो धड्कन तिमीलाई' गीत रेकर्ड गराएका भीम एल्बमको तयारीमा जुटेका छन्।
चार वर्षदेखि संगीत सिकिरहेका उनलाई अहिले संगीत धेरै गाह्रो रहेछ भन्ने लाग्छ। संगीत र कम्पोजसमेत गर्दै आएका उनी भन्छन्, 'सुरुमा त संगीत सिक्न गाह्रो रहेछ। त्यसपछि यो क्षेत्रमा टिक्न गाह्रो छ।' सानैमा गाउँमा क्लबतिर गाउन थालेपछि गायक बन्ने सपना देखेका उनी आफू आफ्नो सपनाको बीचमा पुगेको बताउँछन्। सुनीता लामासँगको सहकार्यमा एल्बम निकाल्ने तयारीमा रहेका भीम भन्छन्, 'भविष्यमा सफल गायक बन्ने सपना छ।'
प्रकाशित: ३ पुस २०७१ ११:३३ बिहीबार





